आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सदनमा विकासको छलफल हुँदैन

सदनमा विकासको छलफल हुँदैन

  • शनिबार, फाल्गुन ५, २०८०
सदनमा विकासको छलफल हुँदैन

देशभक्ती बिचार मा नागरिक अटल हुँदैन,
सङ्घीयता बिरूद्धमा राजनीति दल हुँदैन।

अनिकाल रहिरहन्छ शान्ति सुब्यवस्थाको,
सडक सदनमा विकासको छलफल हुँदैन।

हामिहरू दुनिया भरी किन उपहास हुन्छौ,
चलिरहन्छ जबसम्म विकासको भल हुँदैन्।

ह्याप्छन् दुष्टहरूले र गर्छन् अतिकर्मण सधैं,
अखण्ड देश र नेपाली एकताको बल हुँदैन।

नबन्दा सम्म स-ससाना उद्योग धन्दा देशमा,
रोजगार मिल्दैन सम्पत्ती चल अचल हुँदैन।

देशमा खतरा रहिरहन्छ जनता सचेत नभए,
नेतामा अखण्ड देश बनाउँने अक्कल हुँदैन्।

चर्चामा

सम्बन्धित समाचार