• होमपेज
  • देश/प्रदेश
  • दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

  • मङ्लबार, फाल्गुन १, २०८०
दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईँले प्रचार गरे पनि शाह नआउने भएका छन् । उनी सात दिनका लागि हिजो नै चितवन गइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार