आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जसलाई छाने पनि त्यही गुनेगार हुन्छ

जसलाई छाने पनि त्यही गुनेगार हुन्छ

  • आइतवार, माघ २८, २०८०
जसलाई छाने पनि त्यही गुनेगार हुन्छ

जसलाई छाने पनि त्यही गुनेगार हुन्छ,
विदेशीको रखेल देशको सरकार हुन्छ।

सोझालाई लागु हुन्छ नियम कानुन् नी,
अपराधी सँग त सरकारको प्यार हुन्छ।

पाइदैन मर्दा मलामि र विवहाको जन्ती,
बरू कुना कुनामा देशको गद्धार हुन्छ।

सडक देखि सदन सम्म हेर्दा अचम्मै परें,
जता हेर्छौँ उतै देशभित्र भ्रष्टाचार हुन्छ।

कुसंस्कारले छिया-छिया छ समाज हाम्रो,
नयाँ-नयाँ रोग भित्रे समाज बिमार हुन्छ।

झार फुक आजको वैज्ञानिक युगमा पनि,
जातिय छुवाछुत समाजमा लगातार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार