मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा, २५० बढी प्रतिवादी

टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा, २५० बढी प्रतिवादी

  • बिहिबार, माघ २५, २०८०
टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा, २५० बढी प्रतिवादी

काठमाडौं— कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।

उक्त मुद्दामा साढे दुई सयभन्दा बढीलाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’

टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको फेला परेपछि अख्तियारले छानबिन थालेको थियो ।

यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार