आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • छोरी सलाम छ तिमिलाइ (कविता)

छोरी सलाम छ तिमिलाइ (कविता)

  • बुधबार, माघ २४, २०८०
छोरी सलाम छ तिमिलाइ  (कविता)

सम्मान छ नेपाली आमालाइ
तिमी जस्तो साहासी, निडर
देश भक्ती ,रास्टप्रेमी
समाजसेभी छोरि
जन्माउन भएकोमा ,
सम्मान छ तिम्रो संघर्षलाई,
सम्मान छ तिम्रो कामलाइ,
छोरी सलाम छ तिमिलाइ,

राधा हौ तिमी, सीता हौ तिमी
लक्ष्मी हौ तिमि ,पार्वती हौ तिमी,
देवि हौ तिमी ,सरस्वती हौ तिमि,
साँच्चै हजारौँको हिर्दयमा छौ तिमी ”
मेरा इ दुई शब्द इनाम छ तिमिलाइ
छोरी सलाम तिमिलाइ !

ठिक छ कसैले रिस गर्ला,
कसैले खुट्टा काट्ला,
कसले कुरा काट्ला ,
आखिर मान्छे हो तिमी !
धेरै को मुटुमा छौ तिमी ,
धेरैको आखामा छौ तिमी ,
धेरै को हिर्दयमा छौ तिमी ,
देश कै लागि लागेको छौ!
देशकै बाचेकी छौ
सत्यको पक्षमा बोलेकी छौ!
न भोग छ तिमिलाइ, न तिर्खाछ तिमिलाइ!
न फुर्सद छ तिमिलाइ ,न आराम छ तिमिलाइ
छोरी सलाम छ तिमिलाइ!

चर्चामा

सम्बन्धित समाचार