शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • सर्लाहीमा गाडी दुर्घटनाका घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

सर्लाहीमा गाडी दुर्घटनाका घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

  • मङ्लबार, माघ २३, २०८०
सर्लाहीमा गाडी दुर्घटनाका घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

जनकपुरधाम — सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ ।

कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह पजियार थारुले जानकारी दिए ।

कार्यालय सहयोगी घिमिरे सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा थिए ।

नापी कार्यालय मलंगवाका कर्मचारी सवार बी.आर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सोमबार राति ८ बजे नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका छन् । उनीहरुको उपचार कलैयाको एलेक्स हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार