शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

  • शुक्रबार, माघ १९, २०८०
सेयर गर्नुहोस् :
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं  — नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए । ‘सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।

चर्चामा

सम्बन्धित समाचार