बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • देश बनाउने एमालेलाई छेकेर गठबन्धनले ग्रहणको काम गरिरहेको छ : ओली

देश बनाउने एमालेलाई छेकेर गठबन्धनले ग्रहणको काम गरिरहेको छ : ओली

  • बुधबार, माघ १७, २०८०
देश बनाउने एमालेलाई छेकेर गठबन्धनले ग्रहणको काम गरिरहेको छ : ओली

काठमाडौं —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन्। बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् ।

गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको उनको भनाइ छ।

ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए। ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको प्रष्ट पारे।

चर्चामा

सम्बन्धित समाचार