बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

  • मङ्लबार, माघ १६, २०८०
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

काठमाडौं — आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।

अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो ।

यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार