बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी संसदीय दलको नेता फेरिएको जानकारी सरकारलाई गराइयो

माओवादी संसदीय दलको नेता फेरिएको जानकारी सरकारलाई गराइयो

  • सोमवार, माघ १५, २०८०
माओवादी संसदीय दलको नेता फेरिएको जानकारी सरकारलाई गराइयो

धनगढी— सुदूरपश्चिम प्रदेश सभा सचिवालयले माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको छ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका छन्। उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका छन्।

शुक्रवार भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए। ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन्। मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुँवर उपस्थित थिएनन्।

चर्चामा

सम्बन्धित समाचार