शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

  • सोमवार, माघ १५, २०८०
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । साेमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार