मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता

सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता

  • शनिबार, माघ १३, २०८०
सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता

धनगढी— सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता गरिएको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीले स्थानीय तहहरूको क्षमता विकासका लागि सम्झौता गरेको हो।

धनगढीमा शुक्रवार ‘नेपाल नगरपालिका संघ तथा गाउँ पालिका राष्ट्रिय महासङ्घ प्रदेश समितिका बिच’ समन्वयात्मक तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उनीहरूको बिचमा स्थानीय तहको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्न नेपाल नगरपालिका संघ, प्रदेश कमिटी तथा गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल प्रदेश कमिटीबिच दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न मुख्यमन्त्री कमलबहादुर शाहसहितका मन्त्रीहरूको सहभागितामा सम्झौता गरिएको हो।

प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत पदाधिकारी र कर्मचारीहरूको क्षमता विकास गर्नका लागि आपसी सहकार्य तथा समन्वय गर्ने, स्थानीय तहले निर्माण गरेका संस्थागत योजना, नीति तथा कार्यक्रमहरूलाई पुनरावलोकन गरी आवश्यकता अनुसार योजना तर्जुमा गर्न सहजीकरण गर्ने र स्थानीय तह सञ्चालन गर्न आईपर्ने कानुनी जटिलता समाधान गर्न आवश्यक सहजीकरण गर्न सहकार्य तथा समन्वय गर्ने सहमति भएको हो।

चर्चामा

सम्बन्धित समाचार