बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एक घण्टामा ४१ प्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एक घण्टामा ४१ प्रतिशत मत खस्यो

  • बिहिबार, माघ ११, २०८०
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एक घण्टामा ४१ प्रतिशत मत खस्यो

बुटवल — लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका दुई सिटका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा जारी मतदानमा अहिलेसम्म ४१ प्रतिशत मतदान भएको छ ।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले आजै मतगणना गरेर नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ ।

बिहान ९ बजेदेखि सुरु मतदानमा प्रदेशतर्फ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलालचौधरीले पहिलो मतदान गरेका थिए ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेसभातर्फ ८७ मतमध्ये ३४ र स्थानीय तहतर्फ २ सय १८ मतमध्ये ९४ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय ५ जना मतदाता रहेका छन् । लुम्बिनीबाट राष्ट्रिय सभाका लागि गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी उम्मेदवार छन् ।

त्यस्तै एमालेबाट अन्यतर्फ झपेन्द्रबहादुर घर्ती र महिलातर्फ तुलसा केसी, राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट अन्यतर्फ बालगोविन्द चौधरी उम्मेदवार रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार