बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका शाखा अधिकृत विक महिनाैदेखी कार्यलयको सम्पर्क बाहिर

बडिमालिका नगरपालिकाका शाखा अधिकृत विक महिनाैदेखी कार्यलयको सम्पर्क बाहिर

  • बुधबार, माघ १०, २०८०
बडिमालिका नगरपालिकाका शाखा अधिकृत विक महिनाैदेखी कार्यलयको  सम्पर्क बाहिर

बाजुरा– बडिमालिका नगरपालिका शिक्षा शाखा अधिकृत रंगमल विक करिव २ महिना देखी कार्यालयको सम्र्पकमा नरहेको खुलेको छ । अधिकृत बिक मंसिर २७ गते सम्म कार्यालयमा रहेका र त्यस पछि कार्यालयमा अनुउपस्थिती रहेका छन । उनले कार्यालयमा मसिर २७ गते हाजिर गरेको देखीन्छ २८ गते देखी पौष २८ गते सम्म घरबिदामा बसेको हाजिरमा उल्लेख गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ । २०८० बैशाख देखी हाल सम्म सबै भन्द बढि बिदामा बस्ने कर्मचारी मध्य विक पहिलो नम्मरमा रहेको उनको हाजिर रेर्कडले नै देखाउछ नगरपालिकाका एक कर्मचारीले भने ।
पौष २८ गते देखी शाखा अधिकृत विक कार्यालयको सम्र्पकमा नरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एकातिर प्रमुख प्रशासकिय अधिकृत छैन अर्कोतिर शाखाका प्रमुखहरुको मनोमानीका कारण नगरपालिकाबाट प्रबाह हुने कार्यहरुमा समस्या भएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताए ।
शिक्षा शाखामा दैनिक कामहरु भइरहने भएकोले शाखा प्रमुख नै बिदामा बस्दा शिक्षा सम्बन्धी कामहरुमा समेत समस्या भई रहेको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत नहुदा एकातिर बिकाश निर्माणका कार्यहरुमा समस्या भएको छ भने शाखा अधिकृत नै कार्यालयमा नहुदा शाखाबाट हुने कार्यहरुमा समेत बाधा हुने गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार