आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

  • सोमवार, माघ ८, २०८०
बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा —बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो।

गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाईते भएकी थिइन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार