बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहमा एक पसलमा आगलागी, करिब ६ लाख मूल्यको धनमाल नष्ट

खप्तड छेडेदहमा एक पसलमा आगलागी, करिब ६ लाख मूल्यको धनमाल नष्ट

  • शनिबार, पुस २१, २०८०
खप्तड छेडेदहमा एक पसलमा आगलागी, करिब ६ लाख मूल्यको धनमाल नष्ट

बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा एक पसलमा आगलागी भएको छ। शनिबार बिहान खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो। रावतकाे खुद्रा पसलमा आगलागीबाट करिब ६ लाख  मुल्यको धनमाल जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

पसलमा रहेकाे करिब १० क्विन्टल चामल, १३ पेटी मदिरा, भाडाकुँडा, लत्ताकपडा,  खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब ५ लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशाेरसिंह ऐरीले बडिमालिका खबरलाई बताएका छन। उनकाे पसलमा आगलागी हुँदा कुनै मा‍नविय क्षति भने नभएकाे उनले बताए ।  प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार