सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा १८ र १९ गते२ दिन विद्युत सेवा अवरुद्ध हुने

बाजुरामा १८ र १९ गते२ दिन विद्युत सेवा अवरुद्ध हुने

  • मङ्लबार, पुस १७, २०८०
बाजुरामा १८ र १९ गते२ दिन विद्युत सेवा अवरुद्ध हुने

बाजुरा– बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

विद्युत १८ गते बुधबार र १९ गते विहीबार दुई दिन विहान ७ः०० बजेदेखि १० बजेसम्म र दिउँसो ३ः०० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

विद्युत अवरुबाट सेवा ग्राहीमा पर्नको गएको असुविधप्रति वितरण केन्द्रले क्षमा प्रार्थी छ, यद्यपी तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न भए विद्युत सेवा सूचारु हुने सूचनामा भनिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार