शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  • सोमवार, पुस १६, २०८०
सेयर गर्नुहोस् :
तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।पछिल्लो समय तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार