शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने

उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने

  • आइतवार, पुस १५, २०८०
सेयर गर्नुहोस् :
उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट तथा सूर्यास्त ५ बजेर १९ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार