सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा दुइ वटा मोटरेवल पुलको पूर्वाधार विकास मन्त्री देउवाद्धारा शिलान्यास

बाजुरामा दुइ वटा मोटरेवल पुलको पूर्वाधार विकास मन्त्री देउवाद्धारा शिलान्यास

  • शुक्रबार, पुस १३, २०८०
बाजुरामा दुइ वटा मोटरेवल पुलको पूर्वाधार विकास मन्त्री देउवाद्धारा शिलान्यास

बाजुरा– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दुई वटा मोटरेवल पुलको शुक्रबार शिलान्यास गरेका छन् । प्रदेश मन्त्रालयको सहयोगमा त्रिवेणी नगरपालिका–८ र ४ जोड्ने मालागाड र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेरा खोलामा पुल निर्माणका लागि शिलान्यास गरिएको हो ।
भौतिक पुर्वाधार मन्त्रालयले उक्त खोलामा दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी एमके विल्डर्स कन्ट्रक्सनसंग सम्झौता गरेको छ । मन्त्रालयले कन्ट्रक्सनसंग मालागाड खोलाको पुलका लागि ९ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार