बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिक्षा
  • खप्तड छेडेदह गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खप्तड छेडेदह गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • सोमवार, पुस ९, २०८०
खप्तड छेडेदह गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा —खप्तड छेडेदह गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

खप्तड छेडेदह गाउँपालिकाको आयोजना र खापरदेवस्थली माविको सह- आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नंः ४ मा रहेको खापरदेवस्थली माविमा सुरु हो भने आजैबाट प्रतियोगितामा समावेश खेलहरु खेलाउन सुरु गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले जानकारी दिएका छन ।

उक्त गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस बर्षपनि पालिका भरका ९ वटा माध्यमिक विद्यालय सहभागी भएका वडा नंः ४ का वडा अध्यक्ष दल बहादुर धामीले बडिमालिका खबरलाई बताएका छन । खेल क्षेत्रले विद्यार्थी खेलाडीहरुको व्यक्तित्व विकास मात्रै नभइ समग्र राष्ट्रको पहिचान पनि हुने भएकाले यस क्षेत्रको विकासका लागि सबैले हात्तेमालो गरेर अगाडि बढ्नुपर्ने समुद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।

खापरदेवस्थली माविका विद्यालय व्यावस्थापन समिति अध्यक्ष कणर् बहादुर कठायतको अध्यक्षतामा सुरु भएको सम्दघाटन कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए ।

विशिष्ट अथितिमा उपाध्यक्ष विशु नाथ रहेकी थिइन् भने अथितिमा खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्र बहादुर थापा, वडा नंः १ का अध्यक्ष विर बहादुर रावल, २ का अध्यक्ष भक्त बुढा, ३ का अध्यक्ष विर्क रावत, ४ का अध्यक्ष दल बहादुर धामी, ५ का अध्यक्ष जित रावत, विभिन्न पाटीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्र बहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहि विद्यालयका शिक्षक मिन बहादुर धामीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार