शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आज देशभर कहाँको मौसम कस्तो ?

आज देशभर कहाँको मौसम कस्तो ?

  • सोमवार, पुस ९, २०८०
सेयर गर्नुहोस् :
आज देशभर कहाँको मौसम कस्तो ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार