शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • चिसोबाट जाेगिन मौसम विभागको अनुरोध

चिसोबाट जाेगिन मौसम विभागको अनुरोध

  • शुक्रबार, पुस ६, २०८०
सेयर गर्नुहोस् :
चिसोबाट जाेगिन मौसम विभागको अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेट र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार