बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै

काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै

  • शुक्रबार, मंसिर १५, २०८०
काँग्रेस महामन्त्री शर्मा मंसिर १९ गते बाजुरा आउँदै

बाजुरा— नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् । नेपाली काँग्रेस बाजुराको आयोजनामा यहि मंसिर १९ गते सदरमुकाम मार्तडीमा हुने जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री शर्मा बाजुरा आउन लागेका नेपाली काँग्रेस बाजुराले जनाएकाे छ । महामन्त्री शर्मा पहिलाे पटक बाजुरामा आउँन लागेका हुन् ।

नेपाली काँग्रेस बाजुराले मार्तडीमा शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत बाजुरामा काँग्रेसले मंसिर १९ गते सदरमुकाम मार्तडीमा आयोजना गर्न लागेको जिल्ला सम्मेलनको तयारीका विषयमा जानकारी गराएको छ ।

त्यस्तै काँग्रेसले मंसिर १८ गतेका दिन काँग्रेस बाजुराका पदाधिकारी र पार्टीबाट प्रतिनिधित्व गर्ने स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिहरुसंग जिल्लाको विकासका सवालमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको पार्टी जिल्ला सभापति रामसिंह रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार