आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • १८ अंकले घटेर सेयर बजार बन्द, १ अर्ब ३२ करोडको कारोबार

१८ अंकले घटेर सेयर बजार बन्द, १ अर्ब ३२ करोडको कारोबार

  • बिहिबार, मंसिर १४, २०८०
१८ अंकले घटेर सेयर बजार बन्द, १ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ —साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।

यस्तै आज सेयर बजारको सेन्सेटिभ इन्डेक्स समेत २.८० अंकले घट्दै ३५६.०८ अंकमा रोकिएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्डबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

हाइड्रोपावर समूहको उपसूचक आज १.७३ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.५९ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.५६ प्रतिशतले घटेको छ । बाँकी अरु ९ वटा उपसूचक १ प्रतिशतले घटेका छन् ।

तथापि, आज म्युचुअल फन्डतर्फको उपसूचक भने ०.११ प्रतिशतले बढेको छ । १८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

चर्चामा

सम्बन्धित समाचार