मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • भूकम्प प्रभावित क्षेत्रका लागि सरकारको राहत कोषमा करिब १९ करोड जम्मा

भूकम्प प्रभावित क्षेत्रका लागि सरकारको राहत कोषमा करिब १९ करोड जम्मा

  • बुधबार, मंसिर १३, २०८०
भूकम्प प्रभावित क्षेत्रका लागि सरकारको राहत कोषमा करिब १९ करोड जम्मा

काठमाडौं—प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ। जाजरकोटललाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि राहतस्वरुप विभिन्न संघसंस्था र व्यक्तिहरूले सरकारको विपद् कोषमा उक्त रकम जम्मा गरेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा भएको छ।

सरकारले यसअघि एक अर्ब ४१ करोड रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो। जसमा जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड निकासा गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार