• होमपेज
  • समाचार
  • सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा

सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा

  • सोमवार, मंसिर ११, २०८०
सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा

काठमाडौं —सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ ।

हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेट्ने भएको हो ।

छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानकर्ता श्रमिकका सन्ततीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने घोषणा गर्ने उनको सचिवालयले जनाएको छ ।

गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमा-बुवाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

‘योगदानकर्ता श्रमिकका दम्पत्तीबाट उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई पनि दिने गरी स्वास्थ्य सुविधा विस्तार गर्ने निर्णय बोर्ड बैठकले गरेको छ,’ कोषका बोर्ड सदस्य जगत सिम्खडाले भने, ‘यो निर्णय गर्नुअघि यच्युरीबाट रिस्क एनालाइसिस पनि गराइएको छ । त्यसले हुन्छ भनेपछि शुक्रबार बिहानको बोर्ड बैठकबाट निर्णय गर्यौं ।’

यस सम्बन्धी कार्यविधि भने संशोधन हुन बाँकी छ । कार्यविधि संशोधनको तयारी भइरहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए । ‘कार्यविधि संशोधन गरेर योगदानकर्ता श्रमिकका बालबच्चालाई पनि स्वास्थ्य सुविधा दिने हो,’ निर्देशक नेपालले भने ।

चर्चामा

सम्बन्धित समाचार