• होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको पार्वती माविमा प्रअ बन्ने विबादपछि प्रशासनमा उजुरी

त्रिवेणी नगरपालिकाको पार्वती माविमा प्रअ बन्ने विबादपछि प्रशासनमा उजुरी

  • मङ्लबार, मंसिर ५, २०८०
त्रिवेणी नगरपालिकाको पार्वती माविमा प्रअ बन्ने विबादपछि प्रशासनमा उजुरी

बाजुरा– त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बन्ने विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । यो भन्दा  पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेकाे भन्दै   विवाद सुरु भएको हो ।
स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् ।
शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने ब्यवस्थालाई उलङघन गर्दै राहात शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपानेले बताए ।
न्यौपानेले भने आफूले वरिष्टताको आधारमा प्रधानाध्यापकको निम्मेवारी पाउने पर्ने भए पनि ब्यवस्थापन समिति अध्यक्ष सहदेव जैशीका नजिकका नाता पर्ने राहत शिक्षक सहदेव न्यौपानेको पक्षमा निणर्य गरिएको आरोप छ ।
उनले भने आफुलाई कुनै जानकारी विनै राहत शिक्षक रहदेव न्यौपानेले आफैले बैठकको निणर्यमा हस्ताक्षर गरेर आफै प्रअ बनेको आरोप लगाएका छन् । त्रिबेणी नगरपालिकाका शिक्षा अधिकृत्त गणेश साउदका अनुसार मावि र निमावि तहमा दरबन्दि नहुदा र राहत शिक्षाको वरिष्टता नछुट्उदा विवाद भएको बताउनु बताए ।
स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपाने प्राविका हुन भने राहात शिक्षक सहदेव न्यौपाने निमावि राहात हुन । आफु स्थायी शिक्षक भएकोले आफु वरिष्टका आधारमा सिनियर भएको देवराज न्यौपानेको दावी रहेको छ भने निमावि राहत भएकोले आफु सिनियर भएको सहदेव न्यौपानेको रहेकोले विबाद भएको साउँदले बताए ।
शिक्षा शाखामा आफुले प्रअ पाउनु पर्ने दावी सहित निवेदन आएको छ । आफुले शिक्षा ईकाई लाई प्रअ नियक्ति विवाद वारे जानकारी गराउने र शिक्षा ईकाले वरिष्टता तोकेर बमोजिम प्रकृया अगाडी बढाउने शिक्षा अधिकृत्त साउदले बताए । यस बारे बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सहदेव जैशीलाई सम्र्पक गर्दा उनको फोन सम्पर्क हुन सकेन ।

चर्चामा

सम्बन्धित समाचार