सोमवार, मंसिर २५, २०८०
  • होमपेज
  • समाचार
  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

  • सोमवार, मंसिर ४, २०८०
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना सिकिस्त

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार