जाजरकोट–कार्तिक १७ गते शुक्रवार राति आएको भुकम्पबाट पिडितहरुलाइ अमेरिका बाट समाजसेवी कृष्णा गौतमले सहयोग गरेकि छन् । उनले १३ परिवारलाइ ५ हजारका दरले ६५ हजार सहयोग गरेकि छन् ।
भुकम्पले प्रभाबित जाजरकोटका गाउँमा सर्लाहिका शिब बरालले पुगेर कृष्णाले गरेको नगद रकम वितरण गरेका छन् । कुनै पनि दुखमा पर्दा सहयोग गर्नुपर्छ हाम्रो सानो सहयोगले पनि पिडितलाइ ठुलो सहयोग पुग्छ भनेर सहयोग गरेको कृष्णाले बडिमालिका खबरलाइ बताएकि छन् । एक नेपाली दुखमा पर्दा अर्को नेपाली सक्दो सहयोग गर्नुपर्छ उनले वताईन् ।
कृष्णा लामो समया देखी अमेरिका बस्दै आएकि छन् । उनि नेपालमा दुख परेकालाइ सहयोग गर्दै आएकि छन् । उनले यो भन्दा अरु ठाउँमा पनि सहयोग गर्दै आएकि छन् । भुकम्पले जाजरकाट र रुकुममा धेरै जनाको मृत्यु सँगै घाइते भएका थिए । सयौ परिवार घरबारबिहिन बनेका छन् ।