बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह २ मा शनिबार गाज्रा दशैंमेला लाग्दै, भलिबल प्रतियोगिता समेत हुने

खप्तड छेडेदह २ मा शनिबार गाज्रा दशैंमेला लाग्दै, भलिबल प्रतियोगिता समेत हुने

  • बिहिबार, कार्तिक ३०, २०८०
खप्तड छेडेदह २ मा शनिबार गाज्रा दशैंमेला लाग्दै, भलिबल प्रतियोगिता समेत हुने

टेक बहादुर बुढा/बाजुरा– बाजुराको प्रसिद्ध ऐतिहासिक मेला गाज्रा दशैंमेला कार्तिक शुक्ल पञ्चमी अर्थात मंसिर २ गते भव्यताका साथ लाग्ने भएको छ । खप्तड छेडेदह २ गाज्रामा हरेक बर्ष अौशीकाे पञ्चमीमा लाग्ने गाज्रा दशैंमेला यस बर्षपनि कार्तिक शुक्ल पञ्चमी अर्थात शनिबार लाग्ने भएको हो । गाज्रा दशैंमेलामा बाजुरासहित छिमेकी जिल्ला अछाम र बझाङबाट पनि भक्तजनहरु आउने गर्दछन ।
आफ्नो मनोकांक्षा पुराहोस् भनेर भगवती मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ।
मेलामा दिउँसो भक्तजनहरले पुजापठसंगै आफूले भाकल गरेका राँगा- बाेकाकाे बलिसमेत चढाउने गरिन्छ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा, न्याउले लगायतका खेलमालका साथै स्थानीय उत्पादनकाे व्यापारसमेत हुने गर्दछ । बिजया दशमी तथा दिपावलीकाे अन्त्यमा लाग्ने मेला भएकाले पनि याँहा मेला हेर्ने आउने भक्तजनहरुकाे भिड लाग्ने गर्दछ । उक्त दशैंमेला अवधिभर मदिरा बिक्रीवितरण तथा प्रयोगमा राेक लगाइएको छ भने मेला बिथोल्नेलाई कारबाही गर्ने वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन ।

मेला व्यवस्थापनका लागि वडा र क्लबको नेतृत्वमा मेला व्यवस्थापन समित गठन गरेर मेलालाई व्यवस्थित बनाइने वडा अध्यक्ष बुढाले बताए । गाज्रा दशंंमेलाकाे अवसरमा हरेक बर्षझै यसबर्ष पनि ठुलो धनराशिकाे भलिबल प्रतियोगिता पनि हुने वडा अध्यक्ष बुढाले जानकारी दिएका छन । भलिबलमा पुरस्कारकाे निर्णय भने भाेलि हुने भएकाे छ ।

उक्त भलिबल प्रतियोगितामा करिब २० बढि टिमको सहभागीता हुने गरेको आयाेजकले जनाएको छ । भलिबल खेल्नका लागि टिम दर्ता भने मेला लाग्ने दिनसम्म गरिसक्नुपर्ने बताइएको छ । रातभर मेला लाग्ने र बिहानबाट भलिबल खेलाइने आयाेजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार