आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

  • बुधबार, कार्तिक १५, २०८०
सेयर गर्नुहोस् :
राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

काठमाडौं —निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार