• होमपेज
  • समाचार
  • नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

  • मङ्लबार, कार्तिक १४, २०८०
नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं  —आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल पक्राउ परेका छन् ।

नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरकाे बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार