सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका किसानले समयमै गहुँको बिउ पाए

बाजुराका किसानले समयमै गहुँको बिउ पाए

  • शुक्रबार, कार्तिक ३, २०८०
बाजुराका किसानले समयमै गहुँको बिउ पाए

बाजुरा– यस बर्ष बाजुरा जिल्लाका किसानले समयमै गहुँकाे बिउ पाउने भएका छन् । अघिल्लो बर्षहरुमा बिउ ढिलो पाउने गुनासो आएकोले यस बर्ष समयमै बिउ कृषकले पाउने गरि पठाई सकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । कृषि ज्ञान केन्द्र बाजुराद्धारा  सबै स्थानिय तहमा किसानलाई ५० प्रतिशत अनुदान र निशुल्क गरि ६ जातको गहुँको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले यस बर्ष प्रजनन् बिउ र उन्नत जातको गरि ६ जातका बिउँ कृषकहरुलाई उपलब्ध हुने गरी जिल्लाका सबै स्थानीय तहमा पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् । प्रजनन् बिउ र उन्नत जातको गहुँको बिउ गरी गरि जिल्लामा ७५ कुईन्टल बिउ अनुदानमा ल्याएको सुचना अधिकारी जैशीले बताएका छन् । बिउ लैजान चाहने किसानले स्थानीय तहका कृषि शाखाबाटै पाउने गरी एक हप्ता अगाडी नै पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

गतवर्ष असिनाले बीउ समेत नराखेर गहुँ लगायतको बालीमा क्षति पुर्‍याएपछि चिन्तित बनेका आटिचौरका कृषकलाई कृषि ज्ञान केन्द्रल बीउ दिएपछि आफूहरुलाई सहज भएको किशानहरुले बताएका छन् । त्यसै गरी स्वामिकार्तिकमा ब्यमौसमी बर्षाका कारण क्षेती ब्यहोरेका किसानलाई समेत बिउ पठाइसकेको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार