बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • मनाङ एयरको उडान अनुमति निलम्बन, दुर्घटनाबारे छानबिन गर्न समिति गठन

मनाङ एयरको उडान अनुमति निलम्बन, दुर्घटनाबारे छानबिन गर्न समिति गठन

  • शनिबार, अशोज २७, २०८०
मनाङ एयरको उडान अनुमति निलम्बन, दुर्घटनाबारे छानबिन गर्न समिति गठन

नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्मका लागि मनाङ एयर प्रालिको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ।

मनाङ एयरको हेलिकप्टर लगातार दुर्घटना पर्न थालेपछि प्राधिकरणले उडान निलम्बन गरेको हो। शनिबार मनाङ एयरको एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना भएको थियो। प्राधिकरणले सो हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको जनाएको छ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटना भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ। लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेढाइ मात्र रहेका थिए।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो। उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार