सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका खाध्य डिपो नामका मात्रै सुपथ पशल ब्यानर, खाध्य डिपोमा चामल छैन

बाजुराका खाध्य डिपो नामका मात्रै सुपथ पशल ब्यानर, खाध्य डिपोमा चामल छैन

  • शनिबार, अशोज २७, २०८०
बाजुराका खाध्य डिपो नामका मात्रै सुपथ पशल ब्यानर, खाध्य डिपोमा  चामल छैन

बाजुरा– दसैं-तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बाजुराका बिभिन्न खाध्या डिपोबाट सुपथ मुल्यमा खाध्य साम्रगी बितरण गर्ने भनेर ब्यानर टाँस्यो  तर खाध्य डिपोमा एक गेणा चामल समेत छैन । सदरमुकाम मार्तडी स्थित खाध्य कम्पनीमा ब्यानर टाँस गरिएको भए पनि सो खाध्यन्न कम्पनीमा रहेको चामल सर्बसाधारणले किन्न सकिरहेका छैनन् । बाजुराको कोल्टी कवाडी लगायतका खााद्य डिपोहरु बन्द गरिएका छन । बाजुराको कोल्टी क्षेत्र झन खाध्यन्न संकट हुने क्षेत्रको रुपमा रहेको भए पनि सो क्षेत्रका खाध्य डिपोहरुमा चामल नभएको खाध्य ब्यापार कम्पनी बाजुराका प्रमुख मेखराज ओझाले बताए ।
अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द गरेको छ । कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रमा समेत चामल छैन ओझाले भने । उपल्लो निकायको निर्देशनमा गोदाम बाहिर ‘सुपथ मूल्य पसल’को ब्यानर झुन्ड्याइएको छ । ‘के भन्नु, अनौठो तरिका भएको छ । गोदाममा चामल छैन, सुपथ मूल्य पसलको ब्यानर झुन्ड्याउनू भनेर निर्देशन आयो,’ खाध्य ब्यापार तथा बिक्री केन्द्र शाखा प्रमुख ओझाले भने ।

No description available.
सदरमुकाम मार्तडीको डिपोमा ५ सय कुइन्टल चामल आयो तर त्यो चामल सर्वसाधारणहरुले किन्न नसक्ने चामल आएको खाध्य कम्पनीले जनाएको छ । हरेक दिन ३ सय भन्दा बढि नागरिकहरु चामलका लागि डिपोमा पुग्ने गर्छन तर नागरीकको क्षेमता भन्दा बढि मुल्य भएपछी रित्तो हात फकिर्ने गरेको ब्यापार कम्पनीले जनाएको छ । सदरमुकाम मार्तडी सम्म सरकारी अनुदानको चामल ९२ रुपिया प्रति केजी अर्थात २५ किलोको कट्टामा २ हजार ३ सय मुल्यमा पुग्यो हाल सौलियत दिदा २ हजार १ सय ५० छ ।
मार्तडीमा भदौ २४ मै चामल सकिएको सूचना टाँस गरिएको कार्यालय प्रमुख मेखराज ओझाले बताए । बाजुरामा गत आर्थिक वर्ष ०७९/८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो । ‘महँगो मूल्य पर्ने भएकाले मसिना चामलको विक्री नगण्य मात्रामा हुन्छ,’ मार्तडीस्थित शाखा कार्यालय प्रमुख ओझाले भने ।
देशका बिभिन्न शहरहरुमा सुपथ पशल सुपथ मुल्यमा बिक्री भईरहेका बेला बाजुरामा भने खाध्य ब्यापार कम्पनीले यहाका नागरिकले किन्न नसक्ने उच्च मुल्यको चामल पठाएर जनतालाई आर्थिक मारमा पार्ने काम गरिहेको छ ।

चर्चामा

सम्बन्धित समाचार