शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा स्थानिय तहका करार कर्मचारीका नाममा एक बर्षमा २ करोड ७३ लाख बढि रकम बेरुजू

बाजुरा स्थानिय तहका करार कर्मचारीका नाममा एक बर्षमा २ करोड ७३ लाख बढि रकम बेरुजू

  • शुक्रबार, अशोज ५, २०८०
बाजुरा स्थानिय तहका करार कर्मचारीका नाममा एक बर्षमा २ करोड ७३ लाख बढि रकम बेरुजू

बाजुरा– बाजुरा जिल्लाका नौ ओटा स्थानिय तहमा राखिएका करार कर्मचारीको बेरुजु २ करोड ७३ लाख ९० हजार ७ सय ३१ रुपैयाँ आएको छ । एक आर्थिक बर्षमा मात्रै बाजुराका स्थानिय तहले करार कर्मचारीका नाममा २ करोड ७३ लाख ९० हजार ७ सय ३१ रुपैयाँ खर्चेका छन ।
जिल्लाका नौ ओटा स्थानिय तहमा सबै भन्दा बढि जगन्नाथ गाउँपालिकाका करार कर्मचारीको नाममा बेरुजु देखीएको महालेखा परिक्षकको आर्थिक बर्ष ०७८। ०७९ को प्रतिबेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरि सबै भन्दा कम बेरुजु त्रिबेणी नगरपालिकामा रहेको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ । जगन्नाथ गाउँपालिकामा करार कर्मचारीका नाममा गरिएको ७२ लाख ८८ हजार १५ रुपैया रहेको छ भने । सबै भन्दा कम बेरुजु भएको त्रिबेणी नगरपालिकामा १२ लाख ३६ हजार ७ सय ३६ रुपैया रहेको छ ।
हिमाली गाउँपालिकामा २१ लाख ७२ हजार ३ सय ६० रुपैया करार कर्मचारीको नाममा बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसै गरी स्वामिकार्तिक खापार गाउँपालिकामा ५५ लाख १२ हजार ९ सय १० रुपैयाँ बेरुजु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । बुढिनन्दामा नगरपालिकामा २९ लाख ६१ हजार ५ सय ८० रुपैया रहेको सो प्रतिबेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी बडिमालिका नगरपालिकामा ४२ लाख २३ हजार रहेको पाइएको छ । गौमुल गाउँपालिकामा १७ लाख ३७ हजार ७ सय ९० रुपैया बेरुजु रहेको तथ्याकंमा उल्लेख गरिएको छ । त्यसै गरी खप्तड छेडेदह गाउँपालिका करार कर्मचारीको नाममा २५ लाख ५५ हजार ५० रुपैया छ भने बुढिगंगा नगरपालिकामा २० लाख २ हजार ८ सय ४० रुपैया बेरुजु रहेको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८४ मा स्थानिय तहले कार्यक्षेत्र अधिकार र कार्य बोझको बिष्लेशण गरि संगठन र ब्यबस्थापन सर्बेक्षणका आधारमा स्थायी प्रकृतीको कामको लागि सेवा करार कर्मचारी लिनका लागि प्रस्ताव पेश गर्नुपर्ने छ र अस्थायी कर्मचारी दरबन्दी श्रृजना गर्न नसक्ने ब्यबस्था रहेको भए पनि बाजुराका स्थानिय तहले मनोमानी कर्मचारी राख्दा बेरुजु आएको बिष्लेशण गरिएको छ ।
त्यसै गरी सोही ऐनको ८३(८) बमोजिम पालिकाले सवारी चालक, सयस, कार्यलय सहयोगी, पलम्बर, चौकिदार मालि बगैचे लगायतका पदमा मात्र करार कर्मचारी लिन सकिने ब्यबस्था रहेको भए पनि स्थानिय तहले मनपरी कर्मचारी राखेको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार