शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • तिन महिनादेखि अबरुद्ध बाजुराका ग्रामिण सडक अझै खुलेनन्

तिन महिनादेखि अबरुद्ध बाजुराका ग्रामिण सडक अझै खुलेनन्

  • मङ्लबार, अशोज २, २०८०
तिन महिनादेखि अबरुद्ध बाजुराका ग्रामिण सडक अझै खुलेनन्

टेकबहादुर बुढा, बाजुरा —तिन महिनादेखि अबरुद्ध भएका बाजुराका ग्रामिण सडकहरु अझँै खुल्न सकेका छैन । बर्षायमको बाढी तथा पहिरोले अवरुद्ध बनेका सडकहरु अहिलेसम्म सञ्चालन नहँुदा चार्ड पर्वमा गाउँघर जान तथा विभिन्न सामान ढुवानीमा समस्या भएको छ । जिल्लाका विभिन्न प्रमुख बजार तथा व्यापारिक केन्द्रबाट गाउँ गाउँ जोडिएका सडक गत असार महिनादेखि नै अबरुद्ध भएका थिए ।

बर्षायमको ठुलो बर्षा हुन रोकिएपनि ग्रामिण सडकहरु सञ्चालन नहुँदा आवतजावत गर्न र दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको स्थानियले बताएका छन । दशै तिहारलगायतका चार्ड पर्व नजिकिदै जाँदा पनि पालिकाहरुले ग्रामिण सडक खुलाउन चासो नदेखाएको स्थानियहरुले गुनासो गरेका छन ।

यस बर्ष गत सालको जस्तो ठुलो बर्षा नभएपनि बाजुराका धेरैजसो ग्रामिण सडकहरु अवरुद्ध छन । तीजपछि दसै र तिहार पनि नजिकिदैँ छन, पसलमा भएका सामान सबै बर्खामा सकिए, अब बजारबाट बोकेर ःयाउनु पर्छ, गाडी चले त सहजै गाउँमा सामान पुर्याउन सकिन्थ्यो तर सडक अबरुद्ध हुँदा निकै सास्ती भएको खप्तड छेडेदह गाउँपालिकाका स्थानिय नरेश रावतले बताएका छन ।

बाजुराको मुख्य राजमार्ग साफे- मार्तडी सडकखण्ड भने यस बर्ष अहिलेसम्म सञ्चालनमै रहको छ भने अबरुद्ध अवस्थामा रहेको मार्तडी- कोल्टी सडकखण्ड पनि केहि दिन अघि सञ्चालन आइसकेको बताइएको छ । कोल्टीसम्मको सडक सञ्चालनमा आएपनि त्याँहाबाट विभिन्न पालिकाका गाउँ जोड्ने सडकहरु बन्द हुँदा समस्या भएको त्यँहाका स्थानियहरुले बतााएका छन ।

जिल्लाको साफँे- मार्तडी राजमार्गबाट विभिन्न गाउँमा जोडिएका ग्रामिण सडकहरु हिउँदको केहि महिना चलेपनि बर्षायममा पूणर्रुपमा बन्द हुने गर्छन । सोहि राजमार्गको बल्दै हुदैँ खप्तड छेडेदह गाउँपालिको केन्द्रसम्म भने सञ्चालनमै रहेको गाउँपालिकाले जनाएको छ ।

उक्त सडक सञ्चालनमा रहेपनि गाउँपालिकाका अन्य वडामा जोडिएका सडकहरु सञ्चालनमा नहुँदा गाउँमा खाद्यान्न ढुवानी तथा बिरामी हुँदा अस्पतालसम्म लैजान पनि समस्या हुदै आएको अर्का स्थानिय बिर बहादुर बुढाले बताए । यसरी उक्त गाउँपालिका जोड्ने ग्रामिण सडकहरुको स्तरोन्नती नहुँदा बर्खायममा त्याँहाका नागरिकले सास्ती खेप्नु परेकाले यि सडकको स्तरोन्नती गरि बाह्रै महिना सञ्चालन गराउन स्थानियहरुले माग गर्दै आएका छन ।

यता खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले भने गाउँपालिकाका केहि सडक अवरुद्ध अवस्थामा रहेकाले अब बर्षा रोकिए लगत्तै खुलाउने बताएका छन । अवरुद्ध ग्रामिण सडक खुलाउनका लागि गाउँपालिकाबाट बजेटको व्यवस्था भइसकेकाले अबको केहि दिनमै खुलाउने अध्यक्ष रावतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार