शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • छेडेदह तालमा करिब ४ सयबढि बिरुवा रोपण

छेडेदह तालमा करिब ४ सयबढि बिरुवा रोपण

संरक्षण एंव प्रवद्र्धनमा ऐक्यबद्धताका साथ लाग्ने सरोकारवालाको प्रतिवद्धता

  • बिहिबार, भदौ २१, २०८०
छेडेदह तालमा करिब ४ सयबढि बिरुवा रोपण

टेक बहादुर बुढा, बाजुरा —बाजुराको प्रमुख पर्यटकिय स्थल मानिने छेडेदह तालमा वृक्षारोपण गरिएको छ । खप्तड छेडेदह गाउँपालिका ४, ५ र ७ वडाको बिचमा पर्ने छेडेदह तालमा कृष्ण जन्माष्टमीको अवसर पारेर वृक्षारोपण गरिएको हो ।

छेडेदह साहित्य प्रतिष्ठानको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा भएको वृक्षारोपण कार्यक्रममा छेडेदह तालमा करिब ४ सय बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाले बताएका छन । छेडेदह तालको संरक्षण एंव प्रबद्र्धनमा वृक्षारोपणले केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरेर विरुवा रोपिएको अध्यक्ष बुढाले बताए ।

जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्य मानिने छेडेदह ताल संरक्षण, प्रवद्र्धन तथा सिमाना बिवादले ओझेलमा पर्दा तालमा लागेको पहिरोले भविष्यमा ठुलो संकट निम्त्याउने सम्भावना रहेकाले तत्काल सबैले ऐक्यवद्धताका साथ लाग्नु पर्नेमा प्रतिष्ठानका अध्यक्ष बुढाले जोड दिएका छन ।

छेडेदहमा करिब बिश बढि प्रजातिका बिरुवाहरु रोपिएका थिए । उक्त तालमा रोपिएका बिरुवाहरुको संरक्षण गर्नेसके ताल नजिकै पुगेको पहिरो रोकथाममा सहयोग पुग्नुका साथै तालको आर्कषकले थप महिमा बढ्ने सहभागीहरुले विश्वास गरेका छन ।
उक्त बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधिलगायत करिब १५ सय बढि आन्तरिक पर्यटकहरु ताल हेर्नका लागि आएका थिए ।

तालको आँगनमा भएको औपचारिक कार्यक्रममा छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए भने विशिष्ट अथितिमा उपाध्यक्ष विशुदेवि नाथ रहेकी थिइन् ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले छेडेदह तालकाे संरक्षण र प्रबद्र्धनका लागि निरन्तर लागिरहेको र आगामी दिनमा पनि यसलाई प्रमुख प्रथामिकतामा राखेर लाग्ने प्रतिबद्धता जनाएका छन । कृष्णजन्माष्टमीको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्न छेडेदह साहित्य प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै उनले भने रोपिएका बिरुवाको संरक्षण र रेखदेख गर्नका लागि तत्काल पालिकाबाट एक जनालाई राख्ने बताएका छन ।

त्यस्तै तालको संरक्षण र प्रबद्र्धनका लागि सबै संग समन्वय भइरहेको र तालमा रहेको सिमाना विवादलाई पनि तत्काल समाधानमा पुर्याउने बताए । छेडेदह तालको विकास, संरक्षण तथा प्रबद्र्धका लागि वडा, पालिकासहित सबैले ऐक्यबद्धताका साथ रातदिन नभनि लाग्नु पर्ने उपाध्यक्ष बिशुदेवि नाथले बताएकी छन ।

छेडेदह तालको संरक्षण तथा विकास गरि यसलाई बचाउन नसके गाउँपालिकाको नै अस्तित्वसमेत नरहने भएकाले सबैले एक जुट भएर लाग्नुपर्नेमा विभिन्न राजनितिक दलमा प्रतिनिधिहरुले जोड दिएका छन ।

वृक्षारोपण रोपण कार्यक्रममा नेकपा एमाले गाउँ कमिटि अध्यक्ष गोपाल बुढा, नेकपा माओवादी केन्द्र गाउँ कमिटि अध्यक्ष देवबहादुर धामी, नेपाली काँग्रेसका नेता तथा कार्यक्रता, वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावत, ४ का अध्यक्ष दलबहादुर धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सम्बन्धित तस्विर हेर्नुहाेस

चर्चामा

सम्बन्धित समाचार