आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • सन्दीपविरुद्धको मुद्दाको अन्तिम पेशी आज

सन्दीपविरुद्धको मुद्दाको अन्तिम पेशी आज

  • आइतवार, भदौ १०, २०८०
सन्दीपविरुद्धको मुद्दाको अन्तिम पेशी आज

काठमाडौं —नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेशी आजका लागि तोकिएको छ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीपले सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

चर्चामा

सम्बन्धित समाचार