शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बुवाको मृत्यु, आमाले दोस्रो बिवाह गरेपछि दाजुबहिनी बिचल्लीमा

बुवाको मृत्यु, आमाले दोस्रो बिवाह गरेपछि दाजुबहिनी बिचल्लीमा

  • सोमवार, भदौ ४, २०८०
बुवाको मृत्यु, आमाले दोस्रो बिवाह गरेपछि दाजुबहिनी बिचल्लीमा

टेक बहादुर बुढा, बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँमा बुवाको भारतमा मृत्यु र आमाले दोस्रो बिवाह गरेपछि उनका दुई छोराछोरी बिचल्लीमा परेका छन । बुवाको दुई बर्ष पहिले भारतमा मृत्यु भएको थियो ।

आमाले केहि महिना अगाडी दोस्रो बिवाह गरेपछि दुई दाजुबहिनीकोे बिचल्ली भएको स्थानीय चन्द्र धामीले बताएका छन ।
बुवाको मृत्यु र आमाको दोस्रो बिवाह पछि उनका छोरा १२ बर्षका लक्ष्मण धामी र ८ बर्षकी छोरी विपना धामी बिचल्ली अवस्थामा रहेका धामीले बताएका छन ।

उनका बुवा जितबहादुर धामीको दुई बर्ष पहिले रोजगारीका लागि भारतको पिथौडागढमा गएका थिए । उतै बिजुलीको खम्बामा चट्याङ परेपछि त्यही बेला उनको मृत्यु भएको आफन्तले बताएका छन ।

जितबहादुर की श्रीमति रामकला धामीले एक महिना अगाडी दोस्रो विवाह गरेपछि उनका छोराछोरी बिचल्लीमा परेका हुन् । अहिले दुवै दाजुबहिनी आफन्तको घरमा बसिरहेका स्थानीय राजेन्द्र धामीले बताए । उनलाइ दैनिक खानलगाउन समेत समस्या भएको आफन्तले वताएका छन् ।

रामकलाका दुई छोरी र एक छोरा छन । दुई बर्षकी छोरीलाई भने  रामकलाले आफूसंगै लगेर गएकि छन् । दुवै दाजुबहिनी लक्ष्मण र विपना गाउँ नजिकै रहेको खापरदेवस्थी माविमा पढ्दै आएका थिए ।

बुवाको मृत्युपछि पनि दुवै दाजुबहिनी स्कुल पढ्दै आएका थिए तर अब आमाले दोस्रो बिवाह गरेपछि भने उनको शिक्षदिक्षा तथा पालनपोषणमा समस्या भएको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार