शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश
  • पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित

पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित

  • शुक्रबार, भदौ १, २०८०
पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित निकालेको छ । गएराति दुबईमा भएको खेलमा घरेलु टोली यूएईलाई १९ रनले हराउँदै न्युजिल्याण्ड विजयी भएको हो ।

यो जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ ।

न्युजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । यूएईका लागि अर्यांश शर्माले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अली नासिर, वृत्य अरविन्द र आसिफ खानले १३÷१३ रन बनाए । अंश टन्डन १२ रनमा आउट भए ।

न्यजिल्याण्डका कप्तान टिम साउथीले सर्वाधिक ५ विकेट लिए । यस्तै, मिचेल सान्टनर र जेम्श निसमले समान २–२ तथा कायल जेमिसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । न्युजिल्याण्डको जितमा टिम सिफर्टले ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

यूएईका लागि जुनैद सिद्दिक र बासिल हामिदले समान २–२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए । अब दोस्रो खेल भोलि हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार