आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • मेस्सीको कप्तानीमा मियामी पहिलोपटक फाइनलमा

मेस्सीको कप्तानीमा मियामी पहिलोपटक फाइनलमा

  • बुधबार, साउन ३१, २०८०
मेस्सीको कप्तानीमा मियामी पहिलोपटक फाइनलमा

काठमाडौं — अमेरिकी क्लब इन्टर मियामी लिग्स कप-२०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ ले पराजित गर्दै मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको हो । मियामीका लागि जोसेफ मार्टिनेज, कप्तान लियोनेल मेस्सी, जोर्डी अल्बा र डेविड ओचोआले १–१ गोल गरे । आलेहान्द्रो बेडोयाले घरेलु टोलीका लागि एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै जोसेफ मार्टिनेजले मियामीलाई सुरुवाती अग्रता दिलाए । २० औँ मिनेटमा कप्तान मेस्सीले फिलाडेल्फियाका तीन डिफेन्डरहरूलाई छकाउँदै ३० यार्डको दूरीबाट सुन्दर गोल गरे । २० हजार दर्शककको भिड अगाडि सात पटकका बालोन डी’ओर विजेता मेस्सीले मियामीका लागि लगातार छैठौँ खेलमा नवौँ गोल गरे । यस खेलको टिकट मूल्य कीर्तिमानी १ हजार डलर पुगेको थियो ।

पहिलो हाफको थप समयमा अल्बाले गोल गर्दा मियामी ३–० ले अघि रह्यो । ७३ औँ मिनेटमा फिलाडेल्फियाका बेडेयाले गोल फर्काए । तर ८४ औँ मिनेटमा ओचोआको गोलसँगै मियामीले ४–१ को सहज जित हात पार्‍यो ।

अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ । फाइनल आगामी शनिबार हुनेछ ।

यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन । यस्तै मियामीले अन्तरमहादेशीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि स्थान बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार