• होमपेज
  • देश
  • स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा

स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा

  • मङ्लबार, साउन ३०, २०८०
स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा

 स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।

स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो ।

८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् । तर स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो । ८९ औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको हो ।

त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ ।

चर्चामा

सम्बन्धित समाचार