मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा भारतको जित

वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा भारतको जित

  • बुधबार, साउन २४, २०८०
वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा भारतको जित

भारतले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको तेस्रो टी-२० मा जित निकाल्दै पाँच खेलको सिरिजलाई २-१ को अवस्थामा ल्याएको छ।

यसअघि लगातार दुई खेलमा पराजित भएको भारतले मंगलबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्यो।पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा १५९ रन जोड्यो।

उसका लागि ब्रान्डन किङले ४२ रन र रोभमान पावेलले नटआउट ४० रन बनाए।बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए।

१६० रनको लक्ष्य भारतले ३ विकेटको क्षतिमा १७.५ ओभरमा पूररा गर्‍यो। ओपनरद्वय यसश्वी जैसवाल १ रन र शुभमन गिल ६ रनमा आउट भए पनि सूर्यकुमार यादवले ४४ बलमा ८३ रन जोडे।यस्तै तिलक बर्माले नटआउट ४९ रन र कप्तान हार्दिक पाण्ड्याले नटआउट २० रनको योगदान गरे।

चर्चामा

सम्बन्धित समाचार