शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • आमाको मृत्युपछि बिच्चलीमा परेका जुम्ल्याह भाइ सहित ६ जनाको उद्धार 

आमाको मृत्युपछि बिच्चलीमा परेका जुम्ल्याह भाइ सहित ६ जनाको उद्धार 

  • मङ्लबार, साउन २३, २०८०
आमाको मृत्युपछि बिच्चलीमा परेका जुम्ल्याह भाइ सहित ६ जनाको उद्धार 
बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका ४ खातिगाउँकी २९ बर्षयी रिठु धामिको जुम्ल्याह छोरा सहित ६ जनाको उद्धार भएको छ । रिठुको बच्चा जन्माएको केही समयमै मृत्यु भएको थियो । रिठुको मृत्युपछि जुम्ल्याह भाइ सहित ६ भाइबहिनि अलपत्र परेको समाचार, बडीमालिका खबर, दि हिमालयन टाइम्स लगायत सञ्चार माध्यममा प्रकाशित पछि उद्धार भएको खप्तडछेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले वताएका छन् । 
समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले खान बस्न देखी पठनपाठनमा सहयोग गर्ने गरि उद्धार गरेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । समाचार मार्फत अलपत्र रहेको जानकारी पछि जुम्ल्याह भाइलाइ हवाइ जहाजको भाडा समेत संस्थाले तिरेर काठमाडौमा ल्याएको कुवरले वताएका छन् । 
समाचार प्रकाशित पछि गाउँपालिकालको सहकार्यमा जुम्ल्याह दुइ भाइहालाइ तत्काल उद्धार गरेको छ  । अन्य ४ जना भाइबहिनीलाई रिठुका श्रीमान मनबहादुर धामि क्रियाकर्म सकेपछि संस्थामा आफै पुयाउने गाउँपालिका उपाअध्यक्ष बिसु नाथले वताएकि छन् । रिठुकी ११ बर्षकि सुनिता कुमारी धामी, ९ बर्षिया छोरी कमल कुमारी धामी, ७ बर्षिया छोरा मनिष धामी, ५ बर्षिया छोरी प्रियंका कुमारी धामि र जुम्ल्याह दुइ भाइ रहेका छन् । 
मन बहादुरको आर्थिक अबस्था निकै कमजोर भएकाले श्रीमतीको मृत्युपछि उनका नाबालक ६ जना बिच्चलीमा परेका थिए ।  रिठुको सेति प्रादेशिक अस्पताल धनगढीमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । रिठुको पेटमा दुइवटा बच्चा रहेको जानकारी पछि उनलाइ १ महिना पहिलानै बाजुराको गुदुखाति स्वास्थ्य चौकीले धनगढी रिफर गरेको थियो । रिठुले सेति प्रादेशिक अस्पताल शुक्रवार बिहान एउटा छोरा सामान्य जन्माएको अर्को छोरा भने अप्रेशन मार्फत जन्माएको अस्पतालले जनाएको छ । 
रिठुलाइ अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा शनिवार साँझ आईसियु कक्षमा मृत्यु भएको आफन्तले वताएका छन् । उनिवटा जन्मीएका जुम्ल्याह छोरा भने जिवित रहेका छन् ।
आमाको मृत्यु पछि जुम्ल्याह छोरा सहित ६ जना बच्चा बिचल्लीमा रहेका थिए नेपालि काँग्रेसका युवा नेता ताल बहादुर रावतले वताएका छन् । संस्थाले संरक्षण गर्ने गरि जिम्मा लिदा उनिहरुको संरक्षण पाउने भएको रावतले वताए । 
रिठु जस्तै बाजुरामा ४ बर्षमा १३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना, २०७९ मा ३ जना र २०८० सालमा २ जना सुत्केरीको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार