शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खेलकुद
  • पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

  • सोमवार, साउन २२, २०८०
पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्थाले आफ्नो अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्ने बताएको हो ।

तर, परराष्ट्र मन्त्रालयले पनि टोलीको सुरक्षामा चासो व्यक्त गरेको छ । विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर गहिरो चिन्तित छ। हामीले यी चिन्ताहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरूलाई पठाइरहेका छौँ। भारत भ्रमणका क्रममा पाकिस्तानी क्रिकेट टोलीको पूर्ण सुरक्षा सुनिश्चित गरिने छ ।’

एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ । ४६ दिने प्रतियोगितामा १० सहरमा खेल हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार