शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

  • शनिबार, साउन २०, २०८०
एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

काठमाडौं— एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।

भुटानको पारो एफसीको टोली आज बिहान रोयल भुटान एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । उनीहरूलाई विमानस्थलमै स्वागत गरिएको छ ।

पारो एफसीले यही अगष्ट ८ मा नेपालको मच्छिन्द्र क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यो खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले यसखेलको लागि टिकटिङ अधिकार खरिद गरेको छ ।

खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार