सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका समस्याबारे काठमाडौका सडकमा ओर्लिए बाजुरेलि युवा

बाजुराका समस्याबारे काठमाडौका सडकमा ओर्लिए बाजुरेलि युवा

  • शनिबार, साउन १३, २०८०
बाजुराका समस्याबारे काठमाडौका सडकमा ओर्लिए बाजुरेलि युवा

बाजुरा–बाजुराका समस्याबारे बाजुराका युवाले काठमाडौमा प्रर्दशन गरेका छन् । बाजुराका युवा, सामाजिक अभियान्ता तथा बिद्यार्थीहरुले माइतिघर मन्डेलामा प्रर्दशन गरेको सामाजिक अभिायान्ता हेमराज थापाले वताएका छन् ।

बाजुराले उपचार नपाएरै मर्नुपर्ने पर्छ खइ कहाँ छ, तेरो समाजवाद भन्ने जस्ता पेलकार्ड बोकेर युवाहरले प्रर्दशन सँगै नाराजुलुस गरेका छन् । बाजुराका समस्या लिएर युवाहरुले प्रर्दशन गरेका हुन् । सडकको ब्यबस्थापन, एम्बुलेन्स तथा जहाजको ब्यबस्थापन नहुदा अकालमै ज्यान गुमाउनुपर्ने अस्था भएको भन्दै बाजुराका युवा सडकमा ओर्लिएको अभियान्ता थापाले वताएका छन् ।

पटक पकट राज्यले बाजुरा माथि बिभेद गरेको भन्दै बाध्य भएर काठमाडौका सडकमा आउनु परेको सामाजिक अभियान्ता तथा बिद्यार्थी पारस रावलले बडिमालिका खबरलाइ बताएका छन् । बाजुरालाइ पटक पटक राज्यले बिभेद गरेर अकालमै ज्यान गुमाउन बाध्य भएको बिद्यार्थीले वताएका छन् ।

केही दिन पहिला प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना बिरामीको मृत्यु भएको थियो । जहाजको पर्खाइमा मुगुको खत्याड गाउँपालिकाका–१ का ६० वर्षीय विर्खलाल कार्कीको मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, बर्षातका कारण कर्णाली करिडोर र मार्तडी कोल्टि सडक पनि अवरुद्ध कोल्टि एयरपोर्टमा मौसम खराबीका कारण जहाज पनि नआएपछि हिजोराती मृत्यू भएको डाक्टर प्रतिक न्यौपानेले बताए ।

मार्तडी कोल्टी र कर्णाली करिडोर सडकको बाटो बर्षातका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए । रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआए पछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए । सडकको बाटो संम्भव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन् ।

एक महिना पहिला बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाजको पर्खाइमा मृत्यु भएको थियो । यता नागरिक उड्यन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ । घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिबेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ । कोल्टीमा जहाज भन्दा पहिला काल आउने गरेकोमा यो पटक पनि दोहोरिएको छ । अघिल्लो वर्षको अन्तिम तिर बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो । हृदयघातका विरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो ।

हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित छैन्, एम्बुलेन्स सेवा समेत नभएपछि विरामीलाई समस्या हुने नै भयो, डाक्टरहरुको सामुहीक गुनासो छ । एम्बुलेन्स नै नभएर सामान्य जीपमा जानु पर्ने हुने हुँदा अक्सीजन समेत जोड्न समस्या हुने अवस्था यहाँका नागरिकले भोग्नु परेको छ ।

सिजनमा हवाइ कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीय जनक कुमार विष्टको आक्रोश छ । कोल्टिमा सातै दिनको उठान तालिका रहेको छ । सिता एयर विहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ ।

चर्चामा

सम्बन्धित समाचार