• होमपेज
  • फुटबल
  • महिला विश्वकप फुटबल : आज स्वीडेन-इटाली, फ्रान्स-ब्राजिल तथा पनामा-जमैका भिड्दै

महिला विश्वकप फुटबल : आज स्वीडेन-इटाली, फ्रान्स-ब्राजिल तथा पनामा-जमैका भिड्दै

  • शनिबार, साउन १३, २०८०
महिला विश्वकप फुटबल : आज स्वीडेन-इटाली, फ्रान्स-ब्राजिल तथा पनामा-जमैका भिड्दै

काठमाडौं — फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका ३ खेल हुँदैछन्। अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी खेलमा आज समूह एफका २ खेल र समूह जीको एक खेल हुँदैछ ।

समूह जीको एक खेलमा स्वीडेन र इटाली भिड्दैछन। स्वीडेन र इटाली आफ्नो पहिलो खेलमा जित निकाल्दै शीर्ष २ स्थानमा बसेकाले आजको खेल बराबरीमा रोकिएपनि दुवै टिम प्रि क्वाटरफाइनल नजिक पुग्ने छन् । त्यस्तै दुई टोलीबीचको खेलमा विजयी हुने टोलीले शीर्ष स्थान पक्का गर्ने छ।

आज हुने अर्को खेलमा ब्राजिल र फ्रान्स भिड्दैछन्। समूह एफका यी दुई टिममध्ये ब्राजिल लगातार दोस्रो जित निकाल्दै प्रि क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ भने फ्रान्स पनि पहिलो जितको खोजिमा हुने छ। यस्तै, अर्को खेलमा पानामा र जमैकाबीच प्रतिस्पर्धा हुँदैछ ।

आज दिउँसो सवा १ बजे स्वीडेन र इटालीबिच प्रतिस्पर्धा हुँनेछ भने दिउँसो पौने ४ बजे फ्रान्स र ब्राजिलबीच प्रतिस्पर्धा हुँनेछ । त्यस्तै आजको अर्को खेलमा बेलुका सवा ६ बजे पनामा र जमैकाबीच प्रतिस्पर्धा हुँनेछ ।

चर्चामा

सम्बन्धित समाचार